Wikipedia

Search results

Sunday, 15 November 2015

गजल

आदित्य लिम्बू
सक्थे होला मैले पनि चाहे, तिमीले झै माया मार्न !
आफ्नो स्वार्थ पूरा गरेर, तिमीलाई बिचलित पार्न !!
तिम्रो जस्तो कठोर पत्थर दिल छैन मेरो,
चाहन्न म तिम्रो त्यो, खुसिमय जिन्दगी बिगार्न !!
मलाई रुन पारेनि, भगवान सँग यही प्राथना गर्छु,
सधैं खुशी मिलोस्, नपरोस् तिमीलाई आँसु झार्न !!
आफू लाई भन्दा बढी माया, तिमीलाई गरेको थिए,
भुल्ने कोसिस गर्छु अब, तर सक्दिन मन अन्त सार्न !!
भाग्य मेरो कमजोर थियो, त्यसैले खोसियो तिमी म बाट,
भाबिको लेखान्त नै यहि रहेछ, कसरी सकुला र म तार्न !!

No comments:

Post a Comment