Wikipedia

Search results

Sunday, 15 November 2015

गजल

आदित्य लिम्बू
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछ आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछ आज !!

रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर,
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछ आज !!

कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो,
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!

जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि,
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछ आज !!

No comments:

Post a Comment