Wikipedia

Search results

Sunday 15 November 2015

करौँतीको धारमा कहाँ हुन्छ माया।

आदित्य लिम्बु
करौँतीको धारमा कहाँ हून्छ माया ।
माहूरीको घारमा कहाँ हून्छ माया ।।

छोयो भने सूईँकिनेछौ राजा आफैँ ।
बिजूलीको तारमा कहाँ हुन्छ माया ।।

हो पैसासँग साट्न सके मात्र राम्रो ।
हिराको त्यो हारमा कहाँ हून्छ माया ।।

स्वार्थ बिनाको सँसारमा रम्न सीक ।
स्वार्थी यो संसारमा कहाँ हुन्छ माया ।
सुखमा मात्र झाङ्गिदै आउँछ अगाडी ।
दु:खको जंघारमा कहाँ हुन्छ माया ।।

No comments:

Post a Comment